प्रभासकाे ‘सलार’ले ४०० करोड कमाउँदा शाहरुखको ‘डंकी’को कमाइ कति ?

काठमाडौं । प्रभास अभिनित फिल्म ‘सलार’ले तेस्रो दिनमै ग्लोबल बक्स अफिसमा ४०० करोड भारुको व्यापार गरेको छ ।
दुई दिनमै करिब ३ सय करोड कलेक्सन गरेको फिल्मले आइतबार पनि उत्कृष्ट व्यापार गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार गत शुक्रबार रिलिज भएको ‘सलार’ले तेस्रो दिन भारतीय बक्स अफिसमा मात्र ६१ करोड भारु कमाएको छ । आइतबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ४८.२७ प्रतिशत थियो ।
अर्कोतर्फ गत विहीबार रिलिज भएको शाहरुख खानको ‘डंकी’ले चौथो दिन भारतीय बक्स अफिसमा ३१ करोड ५० लाख भारुको व्यापार गरेको छ । योसँगै फिल्मको भारतमा मात्र कुल १०६ करोड ४३ लाख रुपैयाँ आम्दानी भएको छ ।
विश्वव्यापी कलेक्शनको कुरा गर्दा डंकीले पहिलो दिन ५८ करोड र दोस्रो दिन ४५.४ करोड भारु कमाएको थियो । यस्तै तेस्रो दिन फिल्मको कमाइ ५४.२२ करोड रुपैयाँ रहेको छ । जस अनुसार फिल्मले तीन दिनमा विश्वभर १५७.२२ करोड कमाएको छ । फिल्मको चौथो दिन अर्थात आइतवारको विश्वव्यापी संकलनको विवरण भने हालसम्म खुलाइएको छैन ।
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया