अरबाज खानले गरे दोस्रो विवाह (तस्बिरहरु)

काठमाडौं । बलिउड अभिनेता तथा निर्माता अरबाज खानले दोस्रो विवाह गरेका छन् । ५६ वर्षीय अरबाजले आइतबार मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गरेका हुन् ।
शूरा बलिउड अभिनेत्री रविना टण्डन र उनकी छोरी राशाको व्यक्तिगत मेकअप आर्टिस्ट हुन् । उनको आगामी फिल्म ‘पटना शुक्ला’ को सेटमा अरबाजसँग भेट भएको थियो । दुवै एकअर्काको बारेमा धेरै गम्भीर थिए र चाँडै विवाह गर्न चाहन्थे ।
विवाह समारोह आइतबार साँझ अरबाजकी बहिनी अर्पिता खानको घरमा भएको थियो ।
विवाहमा अरहान खान पनि सहभागी थिए । अरहान अरबाज र उनकी पहिलो पत्नी मलाइका अरोराका छोरा हुन् ।
अरबाज पछिल्लो समयसम्म मोडल जर्जिया एन्ड्रियानीसँग डेट गरिरहेका थिए । ४ वर्षसम्म रिलेसनसिपमा रहेपछि केही दिनअघि मात्र उनीहरुको ब्रेकअप भएकाे थियाे । जर्जियाले पनि आफ्नो धेरै अन्तर्वार्तामा यसको पुष्टि गरिसकेकी छिन् ।
अरबाजले पहिलाे विवाह सन् १९९८ मा अभिनेत्री मलाइका अरोरासँग गरेका थिए । विवाहको १९ वर्षपछि सन् २०१७ मा उनीहरुको सम्बन्धविच्छेद भएको थियो ।





















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया