‘एनिमल’मा बेड सिन दिएकी तृप्तिले ‘आशिकी-३’ मा कार्तिक आर्यनसँग राेमान्स गर्ने
मेरोन्यूज
२०८० पुष ११ गते १५:५५

काठमाडौं । ‘एनिमल’मा सहायक पात्रको भूमिका निभाएकी अभिनेत्री तृप्ति डिमरी यतिबेला निकै चर्चा बटुलिरहेकी छन् । चलचित्रमा उनको अभिनयलाई लिएर दर्शकहरुले खुब तारिफ गरिरहेका छन् ।
‘एनिमल’मा अभिनेता रणवीर कपूरसँग रोमान्स गरेपछि तृप्ती चर्चाको केन्द्रमा आएकी हुन् । दर्शकले उनको अभिनयले रश्मिका मन्दानालाई पछि पारेको भन्दै अब तृप्तीलाई नेशनल क्रश बताइरहेका छन् ।
यसैबीच उनी कार्तिक आर्यनसँग फिल्म ‘आशिकी ३’ मा देखिने खबर आएको छ। अनुराग बसुले निर्देशन गर्ने फिल्मलाई भुषण कुमारले निर्माण गर्नेछन्।
यो आशिकीको तेस्रो सिक्वेल हो । आशिकीमा राहुल रोय र अनु अग्रवाल देखिएका थिए भने ‘आशिकी २’ मा आदित्य रोय कपुर र श्रद्धा कपुरले अभिनय गरेका थिए । दुवै फिल्म बक्स अफिसमा सुपर हिट भएका थिए ।
अनुराग बसुद्वारा निर्देशित ‘आशिकी ३’ को सुटिङ सन् २०२४ मा सुरु हुनेछ ।
सम्बन्धित
















कार्की आयोगको प्रतिवेदन अपूर्ण र पूर्वाग्रही: नेकपा संयुक्त
निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग
होर्मुजतर्फ आउँदै गरेको अमेरिकी युद्धपोतलाई इरानले फर्काइदियो
बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिक्रिया