मन्त्रीहरुकै कारण बदनाम हुँदै सरकार
गल्ती मन्त्री गर्ने, आलोचना प्रधानमन्त्रीले खेप्ने काम अहिले भईरहेको छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको वर्ष दिन पुगेको छ । तेस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले आफ्नो यो कार्यकालमा रेकर्ड मात्रै बनाउने उदघोष गर्दै आएपनि उनी नेतृत्वको सरकारका मन्त्रीहरुका रवैयाकाकारण सरकार एक पछि अर्काे विवादमा पर्न थालेको छ ।
जसकाकारण प्रधानमन्त्री प्रचण्ड समेत आलोचनाको तारो बनेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई सरकारको एक वर्षको समिक्षा गदैगर्दा काठमाडौंको बालकुमारी घटना मुटुमै विझयाउने दुखद घटना बन्न पुगेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका कारण सिर्जित गत शुक्रवारको घटनामा दुई युवाले अनाहकमा ज्यान गुमाउन परेपछि प्रचण्डका लागि दाँतमा ढुंगा अड्केको जस्तो बन्न पुगेको छ । यो घटनाबाट उनको समेत शिर निहुराउने काम भएको छ ।
दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (ईपीएस) मा सीप बिल्डिङका लागि परीक्षा दिएर अनुत्तीर्ण भएका २८ हजारमध्ये केही युवाहरूले शुक्रबार ईपीएस शाखा कार्यालयमा प्रर्दशन गरेका थिए । युवाहरू बिहीबारैदेखि शाखाबाहिर पुगेर आन्दोलन गरिरहेका कारण सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको थियो । तर मन्त्रीको भौतिक पूर्वाधार मन्त्रीको हठका कारण उनले त्यही बाटो रोजेपछि परिस्थिती काबु बाहिर पुगेर दुखद घटना घटना पुगेको थियो ।
मन्त्री ज्वाला पार्टीको केन्द्रीय समिति बैठकमा भाग लिन त्यही बाटो प्रयोग गरेर जाादै गर्दा घटना घटेको थियो । सुरक्षा स्रोतका अनुसार, उनले गाडीमा बसेपछि पीएसओलाई बाटोको अवस्था कस्तो छ भनेर बुझ्न लगाएका थिए । सडक असुरक्षित भएकाले अर्को बाटो जानुपर्ने पिएसओले मन्त्रीलाई जानकारी गराएपनि उनले सोही बाटो जाने अडडी लिएका थिए।
मन्त्रीको अगाडी पिएसओको जोडबल चल्ने कुरै भएन । उनी त्यही बाटो गए ।
कान्तिपुर पार्टी प्यालेसबाट गुज्रिएपछि मन्त्री ज्वाला सवार गाडी आन्दोलनकारीले घेरे र उनीहरुलाई बाहिर निकालेर आगो लगाइदिए ।
सो घटनापछि प्रहरी र आन्दोलनकारीबीच झडप भयो । त्यसक्रममा प्रहरीले गोलि समेत चलाएको थियो । झडपमा दुई जना युवाले ज्यान गुमाउँन पुगे । झडपमा प्रहरीको कुटाइबाट २३ वर्षीय सुजन र गोली लागेर २२ वर्षीय वीरेन्द्र शाहको मृत्यु भयो ।
तर मन्त्री ज्वालाले भने यस घटना हुँनुमा आफ्नो कुनै गल्ति नभएको बताउँदै जोगिने उपायको खोजी गरिरहेका छन् ।
उनले यस घटनामा आफ्नो कुनै सरोकार र सम्बन्ध नरहेको बताएका थिए । गोली चल्ने कुरा, मान्छेलाई गोली लाग्ने कुरा, प्रहरी र प्रदर्शनकारीबीच भिडन्त हुनेकुरा धेरै त मलाई जानकारी छैन, गाडी आफ्नो बाटोमा मन्त्रालय गइरहेको बेलामा घेराउमा प¥यो र आगजनी गरियो’ घटनापछि मन्त्री ज्वालाले समाजिक सञ्जालमा लेखेका थिए ।
बालकुमारी घटनालाई लिएर सरकारले मन्त्री ज्वालाका पीएसओ, त्यहाँ खटिएका प्रहरी नायब उपरीक्षक र ईपीएस शाखाका प्रमुखलाई निलम्बन गरेको छ । यस्तै ललितपुरका सीडीओ र ललितपुर प्रहरी परिसरका एसएसपीलाई जिम्मेवारीमुक्त गरेको छ ।
सोमबार बसेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले यसै घटनाका सन्दर्भमा मन्त्री ज्वालाको भूमिकाका बारेमा छानबिन गर्न निर्देशन दिएको छ । उनीसँगै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको भूमिकाबारे पनि छानबिन गर्न निदेर्शन दिइएको छ ।
आज भने मन्त्री ज्वालाले आफु एकीकृत समाजवादीको बैठकबाट सिंहदरबार जान बालकुमारीको बाटो हुँदै जान लाग्दा सुरक्षा निकायले अवरोध भएको जानकारी नगराएको स्पष्टीकरण दिएका छन् । उनले आफ्नो पीएसओले बालकुमारी हुँदै सिंहदरबार जान लागेको जानकारी गराउँदा प्रहरीले सडकमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको प्रष्टीकरण केहि सञ्चारमाध्यममा दिएका थिए ।
बालकुमारी घटनामा मन्त्री ज्वालासँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि चर्को आलोचना भइरहेको छ । सुरक्षा जिम्मेवारीबाट उनी चुकेको धेरैको आरोप छ ।
सोमबार संघीय संसद्को राज्य व्यवस्था तथा सुशासन समिति छलफल हुँदा सांसदहरूले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री श्रेष्ठमाथि नैतिकताको प्रश्न उठाए।
सरकारले नै दुई युवाको हत्या गरेको भन्दै सांसदहरूले नैतिकताका आधारमा गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका थिए ।
यस्तै आजै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी माइतीघरमण्डलबाट पक्राउ परिन् । उनीसँगै प्रहरीले जनमत पार्टीका अध्यक्ष सिके राउतसहित पार्टीका अरु नेताहरु गरि ५३ जनालाई नियन्त्रणमा लिएको थियो ।
मन्त्री अनिता मन्त्रिपरिषदमा बसेर निषेधित क्षेत्र घोषणा गर्ने अनि आफैं त्यो उलंघन गर्न हिँड्ने भन्दै उनको चर्को विरोध भइरहेको छ ।
स्थानीय प्रशासनले माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो । निषेधित क्षेत्रमा मन्त्री आफै पुगेर धर्ना दिने , उनलाई पक्राउ गर्ने र फेरि गृहमन्त्री नै पुगेर छुटाउने घटना आफैमा नाटकिय छ ।
यसले पनि सरकारका मन्त्रीहरुको रवैया छर्लङ पार्छ ।
सरकारका अन्य मन्त्रीहरु पनि कार्यक्षमता देखाउने भन्दा हिरोइजममा रमाउन थालेका कारण पनि प्रधानमन्त्री समेतलाई अप्ठ्यारो पारेको थियो । केही समय अगाडी सस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्री सूदन किराँतीले दिएको भाषणले पनि सरकार आलोचित बन्न पुगेको थियो ।

















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया