विस्थापित हुँदै उखु पेल्ने कोल

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ५ देवीस्थानका भगिरथ भट्टले उखुखेती गर्न थाल्नुभएको तीन दशक बढी समय बित्यो । सुरुआतमा उखु बिक्रीका लागि उनी महाकाली नदी तरेर सुडाको चिनी मिलमा ल्याउथे । महाकालीमा पक्की पुल थिएन । गाडी चल्न गाह्रो हुनाले उहाँले उखु महाकाली पार गर्न भारतीय बाटोको प्रयोग गर्नुप¥थ्यो ।
भारतीय बाटो हुँदै शारदा ब्यारेज नभए महाकाली नदीबाटै जोखिम मोलेर उखु बिक्रीका लागि लैजानुपर्ने सास्ती थियो । दोधारा चाँदनीका स्थानीय किसानको बाध्यता यस्तै थियो । विसं २०४८ सालमा उहाँले दोधारा चाँदनीमा उखु पेल्ने परम्परागत कोल सञ्चालन गर्नुभएको थियो । “उखु बिक्रीका लागि मिलसम्म लैजान सास्ती हुन्थ्यो । मिलले पनि समयमै पैसा दिन्थेन”, उनले भने, “आफ्नै उखुको पैसा उठाउन पटक–पटक धाउनुप¥थ्यो । यसपछि आफैले उखु पेल्ने कोल सञ्चालनमा ल्याए ।”
अहिले पनि उनले उखु पेल्ने परम्परागत कोललाई निरन्तरता दिएका छन् । दोधारा चाँदनीमा उखु पेल्ने साना उद्योग विस्थापित हुँदै गएको उनी बताउँछन । विगतदेखि सञ्चालनमा रहेका कोल बन्द गरेर स्थानीय व्यापारी पलायन हुँदै गएका छन् । “मैलेँ सञ्चालन गर्दा यहाँ ११ कोल चलिरहेका थिए । अहिले छ मात्रै छन्”, उनले भने, “यो व्यवसायबाट जीवन चलाउनै समस्या भएपछि व्यापारी पलायन भएका छन् ।”
उनका अनुसार दोधारा चार र चाँदनी दुई परम्परागत उखु पेल्ने कोल सञ्चालनमा छन् । बजार र कामदार अभावका साथै उखु नपाउँदा परम्परागत कोलको व्यवसाय विस्थापित हुँदै गएको हो । उनी पनि यस वर्ष उखु पेल्ने कोल सञ्चालन नगर्ने मनस्थितिमा थिए ।
“भारतीय सामान बजारमा छ्यापछ्याप्ती हुँदा हाम्रो उत्पादनले बजार पाउँदैन । आम्दानी पनि नभएकाले कोल छोड्ने विचार गरेको थिएँ”, उनले भने, “आफ्नै उखु पेल्न पनि चलाउनु प¥यो भनेर जमिन बेचेर पनि जेनतेन कोल चलाएँ ।”किसानबाट उनले उखु प्रतिक्विन्टल रु चार सय ५० देखि रु पाँच सयका दरले खरिद गर्ने गरेका छन् । उखु पेलेर त्यसबाट आउने रसलाई पकाएर उत्पादन गरिने गुड बिक्री गर्ने गरेको उनले बताए ।
“सुरुआतमा राम्रै आम्दानी हुन्थ्यो । अहिले लगानी उठाउनै पनि हम्मेहम्मे पर्छ”, उनले भने, “महेन्द्रनगरदेखि पहाडी भेगसम्म गुड बिक्रीका लागि जान्थ्यो । अहिले मोल नै पाउँदैनाँै ।”भगिरथको उखु पेल्ने उद्योगमा सातजना भारतीय कामदार कार्यरत छन् । पछिल्लो समय कोलमा काम गर्ने कारिगढ पाउनै मुस्किलपर्ने गरेको उनले बताए ।
बस्ती विस्तारले गर्दा खेतीयोग्य जमिन घट्दै गएकाले विगतको तुलनामा उखुखेती पनि कम हुने गरेको छ । महाकालीमा पक्की पुल निर्माणसँगै दोधारा चाँदनीका स्थानीय किसान उखु बिक्रीका लागि चिनी मिलसम्म पु¥याउने गरेका छन् । “पक्की पुल बनेपछि धेरैजसो किसान चिनी मिललाई नै उखु बिक्री गर्छन् । गाडीमा राखेर सहजै पारी लैजान सकिन्छ”, दोधारा चाँदनी नगरपालिका–५ का उखु किसान पदमसिंह भण्डारीले भने, “उखु खेती गर्ने किसान पनि विगतको भन्दा कम छन् ।”
उनले दुई दशकदेखि उखुखेती गर्दै आएका छन् । उनले एक बिघा क्षेत्रमा उखुखेती गरेका छन्। उखु खेतीबाट वार्षिक एक लाख आम्दानी हुने गरेको उनले बताए । “उखु खेतीमा आम्दानी राम्रै छ । त्यही पनि पछिल्लो समय उखुखेती गर्ने क्षेत्रफल घटिरहेको देखिन्छ”, उनले भने, “पहिले एकै किसानले बिघामा खेती गर्थे । बस्ती विस्तार हुँदै गएपछि अहिले दुई÷तीन कठ्ठा क्षेत्रफलमा सीमित भएको छ ।”
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया