मध्यवर्ती क्षेत्रका जनताको समस्या बुझ्दै प्राकृतिक स्रोत समिति

राँझा (बाँके) । बाँके र बर्दियामा निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्या बुझ्न प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको टोली खटिएको छ ।
प्राकृतिक स्रोत समितिले निकुञ्ज मध्यवर्ती क्षेत्रका जनता, जनप्रतिनिधिलगायत सरोकारवालासँग बुधबार बाँके र बिहीबार बर्दियामा छलफल गर्ने भएको छ । मध्यवर्ती क्षेत्रमा बसोबास गर्दै आएका जनताले जङ्गली जनावरलगायत निकुञ्जका कारण भोग्नुपरेको वास्तविक समस्या बुझ्न समितिका सभापति डा आरजु राणाको नेतृत्वमा छ सदस्यीय टोली छलफलमा सहभागी हुने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य एवं बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जानकारी दिए ।
उनका अनुसार बाँके निकुञ्जको मध्यवर्ती क्षेत्रका जनताले भोग्नुपरेको समस्याका बारेमा आज दिउँसो कोहलपुर नगरपालिकाको चप्परगौडीमा अन्तक्र्रिया तय गरेको छ । अन्तक्र्रियामा सरोकार भएका निकायको तर्फबाट निकुञ्जका अधिकारी, मध्यवर्ती क्षेत्रका जनता, राप्ती सोनारी र कोहलपुर नगरपालिकाका जनप्रतिनिधिलाई सहभागिताका लागि अनुरोध गरिएको छ । समितिले आजै ३ देखि ५ बजेसम्म कोहलपुरस्थित भेरी शीतभण्डारमा सहकारीसम्बन्धी छलफल गर्ने कार्यक्रम तय भएको छ ।
बाँके राष्टिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा राप्ती सोनारी गाउँपालिकाको वडा नं १, २, ८ र ९ तथा कोहलपुर नगरपालिकाको १२ र १३ नं वडा रहेका छन् । मध्यवर्ती क्षेत्रका बासिन्दाले भोग्दै आएको समस्या मिनी संसद्का रूपमा चिनिने प्रतिनिधिसभा, प्राकृतिक स्रोत समितिमा राख्न पाउने अवसर पाएका छन् ।
जनताले वास्तविकरूपमा भोग्दै आएका समस्यालाई प्रत्यक्ष हेरेर, बुझेर उनीहरूले दिएको सुझावलाई ग्रहण गरिने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य एवं बाँके क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य ढकालले उल्लेख गरे ।
राप्ती सोनारी गाउँपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्यले गाउँपालिकाले समितिको कार्यक्रमलाई प्राथमिकता दिएर स्थानीय सरकारको तर्फबाट राय–सुझाव दिई राज्यको ध्यानाकर्षण गर्न माग गरेका छन् ।
राप्ती सोनारी गाउँपालिका कार्यपालिका सदस्य एवं वडा नं ९ का वडाध्यक्ष सोहनलाल थारूले समितिले जिल्लामै आएर मध्यवर्ती क्षेत्रका जनताले भोग्दै आएको समस्याका बारेमा छलफल गर्नु सकारात्मक भएको बताए ।
















राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?
आज २०८२ साल माघ १९ गते सोमबारको राशिफल
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया