बुधबार, वैशाख २३, २०८३

नेपाल-भारत संयुक्त आयोगको बैठक सुरू

मेरोन्यूज २०८० पुष १९ गते १३:५१

काठमाडौं । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक सुरु भएको छ ।

Advertisement
NiccNicc

बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री साउद र भारतका तर्फबाट विदेशमन्त्री जयशंकरले नेतृत्व गरिरहेका छन्।

तीन वर्षपछि हुन लागेको बैठकमा विद्युत, व्यापार,आपसी सीमा समस्या, हवाई रूटलगायत विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। बिहीबार नै सिंहदरबारमा ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौतामा नेपालका ऊर्जासचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए।

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भारतले नेपाललाई दिंदै आएको सहयोग रकम बढाउने सम्झौतामा पनि हस्ताक्षर हुँदैछ। भारतले नेपाललाई प्रदान गर्दै आएको उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) अन्तर्गतको रकम २० करोड रुपैयाँ पुर्‍याउन गरेको प्रस्तावमा नेपालले सहमति जनाएको छ।

प्रतिक्रिया