आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुनेछ : प्रधानमन्त्री प्रचण्ड

रामेछाप। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताउँदै आजको दिन विद्युत व्यापारका दृष्टिले कोशेढुंगा हुने विश्वास व्यक्त गएका छन् ।
बिहीबार दिउँसो रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्।
प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेश सचिव एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको उर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुनेमा जोड दिएका हुन् ।
कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘मेरो भारत भ्रमणका क्रममा नै नेपालले दश वर्षमा दश हजार विद्युत भारतलाई बिक्री गर्ने सम्झौता भएको थियो। भारतका विदेशमन्त्रीको नेपाल भ्रमणले अब नेपालले विद्युत निर्यात गर्ने ठोस सम्झौता भएको छ। यो आफैमा ऐतिहासिक उपलब्धि हो। भारतमा मात्रै होइन, बंगलादेशसँग समेत विद्युत निर्यातको ढोका खुलेको छ। अब भारतको ग्रिड प्रयोग गरी बंगलादेशसँग विद्युत व्यापार हुनेछ।’
संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पुर्याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको प्रधानमन्त्रीले स्पष्ट पारे ।
‘यो सत्ता गठबन्धन सानो दुखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं। तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ। अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंगाउन राष्ट्रिय सहमति चाहेका छौं’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्रीले रामेछाप जिल्लामा सुनापति गाउँपालिकाले भौतिक विकासमा राम्रो प्रगति बनाउँदै प्रशासनिक भवनअनुरूपको सेवा प्रवाह, शिक्षा(स्वास्थ्यको विकास, कृषि(पर्यटनको प्रवर्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन जनप्रतिनिधिहरूलाई अपील गरे ।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया