बुधबार, वैशाख २३, २०८३

भैरहवामा पूर्वराजा ज्ञानेन्द्रले भने- जताततै ‘राजा आऊ देश बचाऊ’ भनेको सुन्छु

मेरोन्यूज २०८० पुष १९ गते १७:२९

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफू मुलुकभित्रै रहेर देशको अवस्था नियालिरहेको बताएका छन्।

Advertisement
NiccNicc

भैरहवामा बिहीबार सम्बोधन गर्दै शाहले नागरिकले आऊ, देश बचाऊ भन्ने आवाज सुन्न थालेको बताए।

‘म जता जाऊँ, जता पुगूँ, जनआवाज उठेको सुन्छु– मलाई आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ। देशको सभ्यता र समृद्धि बढाऊँ। यहाँ उभिएर म भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना, इच्छा, आकांक्षा पोखिरहेछु। म अन्त गएको छैन, सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा, पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु,’ पूर्वराजा शाहले भने।

कार्यक्रममा पूर्वराजालाई ‘श्री ५ महाराजधिराज सरकार’ भनेर सम्बोधन गरिएको थियो ।

प्रतिक्रिया