दैलेखमा विद्युत् प्रयोग गर्ने बढे

दैलेख। पछिल्ला वर्षहरूमा विद्युत्को प्रयोग गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्लामा विद्युतीकरणले तीव्रता पाएसँगै दैलेखमा विद्युत्को प्रयोग गर्ने नागरिकको सङ्ख्या बढ्दै गएको हो ।
जिल्ला विद्युत् वितरण केन्द्रका अनुसार पछिल्ला दुई महिनामा विद्युत्को प्रयोग गर्ने घरधुरीको सङ्ख्या आठ सयले वृद्धि भएको छ । केन्द्रका प्रमुख नरेशदत्त रावलले हाल जिल्लामा विद्युत् प्रयोग गर्ने घरधुरी १५ हजार आठ सय रहेका जानकारी दिए । उनका अनुसार जिल्लाका ११ स्थानीय तहका ९० वडामा हालसम्म ७० प्रतिशत विद्युतीकरण सम्पन्न भएको छ ।
दैलेखका ९० वडामध्ये हालसम्म ८२ वडामा विद्युतीकरणको काम सम्पन्न भएको कार्यालय प्रमुख रावलले जानकारी दिए। “विद्युतीकरणको तीव्र विस्तारसँगै विद्युत्को उपभोग गर्ने घरको सङ्ख्या बढ्दै गएको छ । दुई महिनाको अवधिमा थप आठ सय घरधुरीमा विद्युत् विस्तार भएको छ”, उनले भने ।
यहाँका आठविस नगरपालिका, ठाँटिकाँध गाउँपालिका र चामुण्डाविन्द्रासैनी नगरपालिकाका केही वडामा मात्र विद्युतीकरणको काम हुन बाँकी रहेको जनाइएको छ ।
कार्यालय प्रमुख रावलका अनुसार मङ्गलबार मात्र ठाँटिकाँध गाउँपालिका–५ मा रहेका छ सय घरधुरीमध्ये पाँच सय ५० घरमा बत्ती बालिएको छ ।
स्थानीय सरकार सञ्चालनमा आएसँगै दैलेखमा विद्युतीकरणले तीव्रता पाएको हो । सामुदायिक विद्युतीकरणअन्तर्गत स्थानीय तहले विद्युत् विस्तारको कामलाई अघि बढाएका थिए । हाल सामुदायिक विद्युतीकरणअन्तर्गत केही स्थानीय तहको काम विद्युत् वितरण केन्द्र दैलेख मातहत हुँदै आएको छ ।
















सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया