अमेरिकामा उडिरहेको विमानको एक भाग अलग भएपछि… (भिडियाे)

ओरेगन । अमेरिकाको पोर्टल्याण्ड (ओरेगन)बाट ओन्टारियो (क्यालिफोर्निया) गइरहेको अलास्का एयरलाइन्सको विमानमा एउटा अनौठो घटना भएको छ ।
बीबीसीका अनुसार हावाको दबाबमा विमानको एक भाग भाँचियो र अलग भयो। तर, यो विमान सकुशल अवतरण भएको छ।
स्थानीय समयानुसार शुक्रबार साँझ उक्त दुर्घटना भएको हो ।
अलास्का एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार उक्त विमान पोर्टल्याण्ड अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण भएको बताइएको छ ।
अलास्का एयरलाइन्सले विज्ञप्ति जारी गरेर भनेको छ, ‘पोर्टल्यान्ड, ओरेगनबाट क्यालिफोर्नियाको ओन्टारियोका लागि अलास्का एयरलाइन्सको फ्लाइट १२८२ मा टेकअफ भएको केही समयपछि एउटा घटना भयो। विमानमा १७१ यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘हाम्रा यात्रु र कर्मचारीको सुरक्षा सधैँ हाम्रो प्राथमिकता हो। तथापि, यस प्रकारको घटना दुर्लभ हो। हाम्रो टोलीलाई त्यस्ता परिस्थिति ह्यान्डल गर्न तालिम दिइएको छ। घटना कसरी भयो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौँ, थप जानकारी आएपछि सार्वजनिक गर्नेछौँ।’
Alaska Airlines, a part of the plane broke off and sucked a seat out with it.
— Jack (@JackFought_1) January 6, 2024
The seat was unoccupied thankfully.
What a terrible way to go that would be.#AlaskaAirlines #Planepic.twitter.com/mZPMKpGjV8













मुख्य र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग
त्रिशूलीमा माछा मार्ने क्रममा बसको अवशेष भेटियो, सीमलतालमा हराएको बस हुन सक्ने आशंका
President Paudel pays tributes to nation builder Prithvi Narayan Shah
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
अभिनेता सौगात मल्ल भन्छन् – ‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो
संयोजक दाहालद्वारा कम्युनिष्ट पार्टीबीच बृहत् एकता हुनुपर्नेमा जोड
प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच ३ घण्टा छलफल
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
प्रतिक्रिया