सङ्गठन सुदृढीकरणमा नेता सिंहको जोड

पाटन । पूर्वउपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिमा विश्वसनीयता महत्वपूर्ण हुने बताए ।
नेपाली कांग्रेस ललितपुर क्षेत्र नं ३ को प्रदेश (ख)क्षेत्रीय कार्यसमितिद्वारा आज यहाँ आयोजित ‘सङ्गठन शुद्धीकरणका लागि परिकल्पना’ विषयक प्रशिक्षण कार्यक्रममा नेता सिंहले ‘राजनीतिमा खोला तरेपछि लौरो बिर्सने प्रवृत्ति हुनुहुँदैन’ भने ।
संविधानसभाबाट संविधान जारी भएपछिको निर्वाचनमा कम्युनिष्ट पार्टीहरु सरकारमा सामेल भएका तर उनीहरुले स्थानीय सरकारलाई सुदृढ बनाउनुको सट्टा सत्ताको खिचातानीमा लागेर अहिलेको अवस्था सृजना भएको बताए । “तीनवटै तहका सरकारलाई बलियो बनाउनुपर्नेमा उनीहरु संसद् भङ्ग गर्नतिर लागे”, नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको संविधानलाई जोगाउन पार्टी क्रियाशील हुनुपर्नेमा जोड दिँदै उनले भने ।
बागमती प्रदेशका उपसभापति तथा संविधानसभा सदस्य चन्द्र महर्जनले अनुशासित भएर प्रशिक्षणमा सहभागी हुन कार्यकर्तालाई निर्देशन दिँदै टोल समितिसम्म कार्यकर्तालाई सक्रिय रहन अनुरोध गरे । उनले कार्यकर्तालाई देशको संविधान र पार्टीको विधान अध्ययन गर्न सुझाव दिए।
ललितपुर जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले प्रशिक्षणले आगामी दिनमा सफल नेतृत्व स्थापित गर्ने बताउँदै सङ्गठन बिना पार्टी सुदृढीकरणको परिकल्पना गर्न सकिँदैन भने।
















युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया