प्रधानमन्त्रीको निर्देशनपछि त्रिविले रद्द गर्यो उपकुलपतिको विज्ञापन

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले उपकुलपति छनोटका लागि गएको शुक्रबार आह्वान गरेको दरखास्त रद्द गरेको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आज सूचना जारी गर्दै पुस २० गते सार्वजनिक गरेको आफ्नै सूचना रद्द गरिएको जनाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त व्यवस्था हटाएर पुन: विज्ञापन जारी गर्न निर्देशन दिएपछि यसअघि पुस २० गते, शुक्रबार प्रकाशित भएको विज्ञापन रद्द भएको हो।
यसअघि प्रकाशित विज्ञापनमा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा ३ वर्ष काम गरेको बेहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गनुपर्ने उल्लेख थियो।

क्त व्यवस्थाको चौतर्फी विरोध भएपछि प्रधानमन्त्री प्रचण्डले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिस्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राखेर अर्को सूचना प्रकाशन गर्न निर्देशन दिएका थिए।
प्रधानमन्त्रीको निर्देशनानुसार अर्को विज्ञापन जारी गर्नका लागि शुक्रबार विज्ञापन रद्ध गरिएको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले जानकारी दिएको छ।

















विद्यार्थीसँग एमाले अध्यक्ष ओली
झापामा चैते धान रोपाइँ सुरु
स्याङ्जाका ८ पालिकामा आज सार्वजनिक बिदा
आईसीसी टी–२० विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
क्रिकेटर करण केसीले गरे बिहे
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
प्रतिक्रिया