मंगलबार, वैशाख २२, २०८३

कांग्रेस कार्यसम्पादन समितिको बैठक ४ बजेलाई सर्‍यो

मेरोन्यूज २०८० पुष २२ गते १४:३६

काठमाडौं। नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

Advertisement
NiccNicc

आइतबार १ बजे बस्ने भनिएको बैठक सारेर ४ बजे पुर्याइएको हो । बैठकमा राष्ट्रिय सभा चुनावका उम्मेदवार चयनका विषयमा छलफल हुने बताइएको छ ।

बैठक सारेर सभापति शेरबहादुर देउवा, महामन्त्री गगन कुमार थापा र नेता शेखर कोइराला छलफलमा जुटेकाे स्राेतले जनाएकाे छ।

यसअघि पनि शनिबारका लागि बोलाइएको बैठक आइतबारका लागि सारिएको थियो ।

राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुँदैछ । निर्वाचन हुन लागेका १९ सिटमध्ये कांग्रेसले १० सिट पाएको छ ।

यसका लागि दलहरूले उम्मेदवार तय गर्ने क्रम जारी छ। सोमबार उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाे छ।

प्रतिक्रिया