११ करोड खर्चेर चैनपुरमा खानेपानी

भोजपुर । सङ्खुवासभाको चैनपुर नगरपालिका–११ मा रु ११ करोड ११ लाख खर्चेर सवाखोला लोहाकोट विजुवापानी सामुदायिक लिफ्ट आयोजना निर्माण गरिएको छ । उक्त आयोजनाबाट एक सय १८ परिवार लाभान्वित भएका छन् ।
गत असारमा आएको बाढीले आयोजनामा क्षति पु¥याएको थियो । मर्मतपछि आयोजना पुनःसञ्चालनमा आएको हो । बाढीले आयोजनाको मुहानस्थल बगाएको थियो । मुहान बथाएपछि यहाँका तीन सय १८ परिवार पानीको समस्या भोग्दै आएका थिए । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरले मुहानस्थल पुनः निर्माण गरेको हो । आयोजनाका अध्यक्ष उद्धवराज त्रितालका अनुसार अहिले स्थानीयको घरमा पाइप जडान गरिएको छ ।
“केही दिनभित्र सबैको घरमा खानेपानी उपलब्ध हुन्छ”, उनले भने । बाढीले आयोजनामा क्षति पुगेपछि स्थानीयले खानेपानीका लागि सास्ती बेहोर्दैआएका थिए । झण्डै पाँच महिनापछि यहाँका बासिन्दाले खानेपानीको सुविधा उपभोग गर्न पाएका हुन् ।
आयोजनाको काम सम्पन्न भइसकेको छ, चाँडै उपभोक्ता समितिलाई हस्तान्तरण गर्छौँ”, डिभिजन कार्यालय भोजपुरका प्रमुख देवनाथ सिंहले भने । आर्थिक वर्ष २०७५÷७६ मा आयोजना निर्माण कार्य अघि बढेको थियो ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
महिला–टी २० विश्वकप छनोट : स्कटल्यान्डमाथि बंगलादेशको फराकिलो जित
प्रतिक्रिया