शान्ति र अहिंसाका लागि प्रार्थना गर्दै बौद्ध धर्मावलम्बी लामा गुफाभित्र

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिका–५ तालढुङ्गामा एक सय ५० बौद्ध धर्मालम्बी लामाले २५ दिनदेखि गुफा (कुन्छाम्¬)मा शान्ति रअहिंसाका लागि प्रार्थना गरिरहेका छन् । खानीखोलास्थित कोन्छ्योकसुम नेपाल तामाङ लामा घेदुङको आयोजनामा गत मङ्सिर २९ गतेदेखि लामा गुरुसहित लामाहरु डेढमहिनाका लागि गुफा बसेका हुन् ।
उक्त संस्थाका अध्यक्ष वीरबहादुर वाईबाका अनुसार गुफामा बस्न काभ्रेपलाञ्चोकसँगै सिन्धुली, मकवानपुर, चितवन, सिन्धुपाल्चोकलगायत जिल्लाबाट एक सय पचास लामा सहभागी भएका छन् ।
“तामाङ समुदायमा पछिल्लो समय ‘लामा’गुरुको सङ्ख्या घट्दै गएकाले कुन्छाम्मार्फत् लामा पठनपाठन र उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उनले भने,“ आउँदो माघ ११ गतेसम्म सञ्चालन हुने छ ।” कुन्छाम्का लागि केही नगद तथा खाद्यान्न सहयोग प्राप्त भएको छ ।” पैँतालिस दिनसम्म सञ्चालन हुने कुन्छाम्का लागि रु १२ लाख खर्च हुने आयोजकको अनुमान छ ।
खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले लामाको कुन्छाम् कार्यक्रमले स्थानीय धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया