कर्णालीका तीन युवा विश्व साइकलयात्रामा

मुगु । कर्णाली प्रदेशका तीन युवा साइकलमार्फत विश्व भ्रमणमा निस्किएका छन् । उनीहरुले नेपालको पर्यावरण संरक्षणका साथै पर्यटन प्रवद्र्धनमा टेवा पु¥याइ नेपाललाई विश्वसामु चिनाउने उद्देश्यले काठमाडौँको पशुपतिनाथबाट नेपालको राष्ट्रिय झण्डासहित साइकलयात्रा सुरू गरेका हुन् ।
विश्वमा शान्तिको सन्देश फैलाउनुका साथै नेपालको पर्यटन विकास र पर्यावरण संरक्षणका लागि विश्वसामु सन्देश फैलाउने उद्देश्यका साथ आफूहरूले विश्व साइकलयात्रीका रूपमा आफ्नो यात्रा तय गरेको छायाँनाथ रारा नगरपालिका–१ निवासी अजय मल्लले बताए ।
विश्व साइकलयात्रामा दैलेखका केशवप्रसाद रिजाल र सनतप्रसाद रेग्मीसहित तीन युवाले भारत, पाकिस्तान, लावस, थाइल्याण्ड, भुटान, बङ्गलादेश, चीनलगायतका देशको भ्रमण गर्ने कार्यतालिका रहेको मल्लले बताए । यसअघि सो टोलीले मेचीदेखि महाकालीसम्मको साइकलयात्रा गरिसकेको छ ।
















सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
आज पनि घट्याे सेयर बजार
गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
प्रतिक्रिया