राष्ट्रिय परीक्षा बोर्डले भन्यो- एसईई रद्द गर्नु हुँदैन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सरकारलाई सुझाव दिएको छ ।
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा बोर्डले यस्तो बताएको हो ।
छलफलमा बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न आग्रह गरेको छन् । उनले खारेज नगर्न प्रस्ताव गरेका छन् ।
बिनाअनुसन्धान एसईई हटाउन नसकिने उनको भनाइ छ । छिमेकी मुलुकहरूमा समेत कक्षा ८, १० र १२ मा बोर्ड परीक्षा हुने प्रावधान रहेको हकमा नेपालमा हटाउनुको परिणाम सकारात्मक हुन्छ नै भन्ने ग्यारेन्टी नभएको उनको भनाइ छ ।
“कक्षा ८ पछि १२ को परीक्षा लिने हो भने ५० प्रतिशत विद्यार्थी पास हुन्छन्, तर १० को परीक्षा हटाएमा यो दर ३० प्रतिशतमा झर्छ,” शर्माले भने ।
अध्यक्ष शर्माले १० कक्षामा अनुत्तीर्ण भए पनि विद्यार्थीले १२ सम्म पढ्ने तर १२ मा फेल भए पढाइ नै छोड्नसक्ने भएकाले एसईई हटाउन नमिल्ने बताए ।
















सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
प्रतिक्रिया