आइतबार, मंसिर २८, २०८२

राष्ट्रिय परीक्षा बोर्डले भन्यो- एसईई रद्द गर्नु हुँदैन

मेरोन्यूज २०८० पुष २६ गते १५:५१

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सरकारलाई सुझाव दिएको छ ।

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा बोर्डले यस्तो बताएको हो ।

छलफलमा बोर्डका अध्यक्ष महाश्रम शर्माले प्रस्तावित विद्यालय शिक्षा विधेयकमा कक्षा १० को परीक्षा हराएको भन्दै एसईई प्रादेशिक रूपमा सञ्चालन गर्न आग्रह गरेको छन् । उनले खारेज नगर्न प्रस्ताव गरेका छन् ।

बिनाअनुसन्धान एसईई हटाउन नसकिने उनको भनाइ छ । छिमेकी मुलुकहरूमा समेत कक्षा ८, १० र १२ मा बोर्ड परीक्षा हुने प्रावधान रहेको हकमा नेपालमा हटाउनुको परिणाम सकारात्मक हुन्छ नै भन्ने ग्यारेन्टी नभएको उनको भनाइ छ ।

“कक्षा ८ पछि १२ को परीक्षा लिने हो भने ५० प्रतिशत विद्यार्थी पास हुन्छन्, तर १० को परीक्षा हटाएमा यो दर ३० प्रतिशतमा झर्छ,” शर्माले भने ।

अध्यक्ष शर्माले १० कक्षामा अनुत्तीर्ण भए पनि विद्यार्थीले १२ सम्म पढ्ने तर १२ मा फेल भए पढाइ नै छोड्नसक्ने भएकाले एसईई हटाउन नमिल्ने बताए ।

प्रतिक्रिया