एपीएफलाई हराउँदै पुलिसले जित्याे पुरुष भलिबल प्रतियोगिताको उपाधि
मेरोन्यूज
२०८० पुष २६ गते १७:२३

सुर्खेत । ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लव (एनपिसी)ले जितेको छ ।
कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार सशस्त्र प्रहरी बल (एपिएफ)सँगको खेलमा ३–१ ले उपाधि जित्न सफल भएको हो ।
पहिलो सुरुवाती सेट पुलिसले गुमाएको थियो । एपिएफले २५–२२ ले १ अंक लिन सफल भएको थियो । तर, दोस्रो, तेस्रो र चौथौं सेट लगातार पुलिस क्लवले जितेको हो । पुलिस क्लवले क्रमशः २५–१९, २५–१८ र २५–२३ मा ३ अंक लिन सफल भएको हो ।
योसँगै पुलिसले समूह चरणमा एपिएफसँग भोगेको हारको बदला लिएको छ । समूह चरणमा पुलिस एपिएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।
२० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो ।
सम्बन्धित















हर्क साम्पाङ र सुदन किरातीबिच एकताको सहमति
यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया