सोमबार, चैत २३, २०८२

एनएमबि बैंकको २८ औं बार्षिक साधारण सभा सम्पन्न

मेरोन्यूज २०८० पुष २६ गते २१:१७

काठमाडौं । एनएमबि बैंकको २८औँ वार्षिक साधारण सभा काठमाण्डौंमा सम्पन्न भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए ।

उक्त साधारण सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् ।

यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समुहबाट श्री उत्तम भ्लोन, श्री शिरिष कुमार मुरारका र श्री हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् । एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो

साथै, निर्वाचित सञ्चालकहरु समेतको सोही मितिमा बसेको बैठकल मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको छ ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।

प्रतिक्रिया