माघी पर्वको तयारीमा कञ्चनपुरका थारु समुदाय

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका आशिदेवी डगौँरा सामुदायिक वनबाट ल्याएको सालका पातका दुनाटपरी गाँस्ने कार्यमा व्यस्त देखिनुहुन्छ । माघी पर्व आउन एक दिनमात्रै बाँकी रहदा उहाँको घरायसी कार्यमा निकै व्यवस्तता बढेको छ ।
“माघीमा घरमा आउने पाहुनालाई परिकार पस्कनका लागि दुना, टपरी बनाउनै प¥यो”, आशिदेवीले भने, “दुना, टपरीमा परिकार दिने चलन पुरानै हो, यसलाई जीवन्त राख्नुप¥यो ।”
माघी आउनपूर्व एक महिनादेखि आशिदेवी जस्तै अन्य थारु समुदायका महिलाले तोरीको तेल पेल्ने, अन्ती धान कुटेर त्यसको चामलको गुलियो जाँड बनाउने, रक्सी तयार गर्ने, ढिक्री बनाउनका लागि चामल ढिक्कीमा कुट्नेलगायत काम गर्दै आएका छन् । नदी तलाउबाट माछा मारेर ल्याई आगोमा सुकाएर माघीका बेला विभिन्न परिकारसँगै पाहुनालाई खान दिइने गरिन्छ ।
नदी तलाउमा विषादीको प्रयोग गरी माछा मार्ने कार्य हुदैँ आएको वासुदेवी डगौँराले बताए । “वन क्षेत्रका तालमा माछा मार्न दिदैनन्”, उनले भने, “सार्वजनिक तालतलैया र पोखरीमा माछा नै छैनन्, त्यसैले बजारबाट माछा खरिद गरेर माघीको जोहो मिलाएका छौँ ।”
खानाका परिकार बनाउनका लागि आवश्यक दाउराको जोहो महिलाले यस अघिनै मिलाई सकेका छन् । माघीकै लागि घर लिपपोत तथा सरसफाइको काम गरिसकेको गहनु डगौँराले बताए । “सुँगुर, कुखुरा, माछाको जोहो मिलाइसकेका छौँ”, उनले भने, “यतिबेला समुदायका सबै माघीको अन्तिम तयारीमा छौँ ।”
पिपलाडी गाउँका बडघर रहेका गहनुले माघीका बेला देखाइने मघौटालगायत नृत्य टोलीको छनोट गरी जिम्मेवारी दिने कार्य गरिएको बताए । माघीमा थारु समुदायले मघौटासँगै छोक्रा नृत्य पनि देखाउने गरेका छन् । पुसको अन्तिम दिनका लागि सुँगुर मार्ने कार्य गरिन्छ ।
पिपलाडीका छ टोलमा मासुका लागि छ वटा सुँगुर मार्ने व्यवस्था मिलाइएको वडाध्यक्ष एवं पूर्व बडघर नरेन्द्रप्रसाद चौधरीले बताए । उनका अनुसार यसै अवसरमा गाउँका सबै जनाले गच्छेअनुसार सुँगुरको मासु खरिद गर्ने तथा नयाँ लुगा लगाउने चलन रहेको छ ।
“सुँगुर ढाल्ने दिनलाई ‘जिता मर्ना भन्ने गरिएको छ”, चौधरीले भने, “माघ महिना सुरु भएपछि कुनै पनि पशुपन्छीको बध गर्न नहुने चलन छ । त्यसैले एक दिनअगावै सुँगुर ढाल्ने, कुखुरा, भेडा, बाख्राको मासुको व्यवस्था गरिन्छ ।”
जिता मर्ना गरिने दिनको रातभरि आगोका धुनी जगाई रातभर मादल, डम्फु बजाउँदै बुढापाका, युवालगायतले पुराना गीत गाउँदै महिलाले छोक्रा र मघौटा नृत्य नाच्ने गर्दछन् । रातकै बेला अन्ती चामलको पिठोबाट बनेका ढिक्री, तिलको लड्डु, खेरिया, तरुल, गैँजी, उसिनेको चामलको भात खाने गरिन्छ ।
रातभर जाग्राम रहेका थारु समुदायले बिहानै नुहाइधुवाइ गरी कुल देवताको पूजा गरेपश्चात् ढकियामा चामलसँगै राखिएको नुन, खुर्सानी, गच्छेअनुसारको दक्षिणा राखेर चेलिबेटी, दिदीबहिनीलाई निश्राउ दिने चलन छ ।
















२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट
गृहमन्त्रीले राजीनामा दिँदा राम्रो : हर्क साम्पाङ
जाजरकोटमा आगलागी हुँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया