प्रधानमन्त्री कप पुरुष क्रिकेट : गण्डकीलाई हराउँदै कर्णाली प्रदेश विजयी

भैरहवा (रुपन्देही) । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले पराजित गरेको छ ।
कर्णालीका ब्याटर हिमान्सु शाहीको अर्धशतकीय पारिले टोलीलाई सहज विजय प्रदान गरेको हो । योसँगै गण्डकी लगातार दोस्रो खेल गुमाएको छ ।
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आज भएको खेलमा जितका लागि गण्डकीले दिएको एक सय २३ रनको लक्ष्य कर्णालीले ७० बल बाँकी छँदै तीन विकेटको नोक्सानीमा एक सय २६ रन बनाउँदै पार ग¥यो । कर्णालीको जितमा शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय पारि खेले । उनले पाँच चौका र दुई छक्का प्रहार गरे ।
यस्तै, निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले टोलीका लागि ‘नटआउट’ १० रनको योगदान दिए । बलिङमा गण्डकीका अङ्कित न्यौपानेले दुई तथा नौ ओभर बलिङ गरेका विपिन खत्रीले सात मेडन राख्दै दुई रन खर्चेर एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा नौ विकेट गुमाउँदै एक सय २२ रनको सामान्य योगफल बनाएको थियो । गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रनको सर्वाधिक योगफल बनाए । अगाडिका पाँच ब्याटरले दोहोरो अङ्कको रनसमेत बनाउन सकेनन् । छैटौँ नम्बरमा आएका ब्याटर अश्वनी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सके । चन्द्र पौडेल १४ र अङ्कित न्यौपाने दुई रनमा अविजित रहे ।
कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई–दुई विकेट लिए । यस्तै, प्रकाश जैसी, दिवान पुन र रवीन्द्र रावतले एक–एक विकेट लिए । गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ । उसले शनिबार लुम्बिनी प्रदेशसँग चार विकेटको हार भोगेको थियो । प्रधानमन्त्री कपका लागि पहिलोपटक काठमाडौँबाहिर भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ११ खेल हुँदैछन् ।
सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया