आइतबार, वैशाख २०, २०८३

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय

मेरोन्यूज २०८० माघ ३ गते १६:५५

काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

Advertisement
NiccNicc

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

उनले भनिन्, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरादायी ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।’

प्रतिक्रिया