आइतबार, वैशाख २०, २०८३

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई

मेरोन्यूज २०८० माघ ४ गते ८:१०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले पाएका छन्।

Advertisement
NiccNicc

प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा भट्टराईले आज बिहान जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री पूर्णबहादुर खड्काले सम्हाल्ने उल्लेख छ ।

असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज (बिहीबार) बिहान युगान्डा प्रस्थान गरेका छन्। प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री खड्काले गर्नेछन्।

प्रधानमन्त्री प्रचण्ड भ्रमण सम्पन्न गरी यही माघ ७ गते बिहान स्वदेश फर्किनेछन्।

प्रतिक्रिया