आयल निगमको कार्यकारी निर्देशकमा १३ जनाको आवेदन स्वीकृत (सुचीसहित)
मेरोन्यूज
२०८० माघ ६ गते १८:०६

काठमाडौं । नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि आवेदन दिएकामध्ये १३ जनाको नाम स्वीकृत भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस सात गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेकोमा आइतबारसम्मको समय सीमामा विभिन्न क्षेत्रमा क्रियाशील १३ जनाको नाम स्वीकृत भएको हो ।
सरकारले नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक २०७५ साल यता खुला प्रतिस्पर्धाबाट छनौट गर्दै आएको छ ।
मन्त्रालयको वाणिज्य तथा आपूर्ति सचिव नारायणप्रसाद शर्माको नेतृत्वमा गठित छनौट समितिले निवेदन दिएका उम्मेदवारलाई अन्तर्वार्ता र व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरणपछि अन्तिम तीन जनाको नाम मन्त्रिपरिषद्मा पेस गर्नेछ ।
तीन जनामध्ये उपयुक्त र योग्य एक जनालाई मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकको पदमा नियुक्त गर्नेछ ।

सम्बन्धित


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया