हेर्नूहाेस् यस्तो छ आज तपाईंको राशिफल

आज २०८० साल माघ ७ गते आइतवार । पुष शुक्ल एकादशी । पञ्चाङ्ग: शुक्ल वणिज रोहिणी । जनवरी २१ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।
वृष :प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।
मिथुन : सन्तान प्राप्तिमा केही व्यवधान उत्पन्न होला । भौतिक क्षतिको सामना गर्नुपर्ला । घरमा मांगलिक कार्य सम्पन्न होला ।
कर्कट : अध्यनका लागि लगानी बढाउनु पर्नेछ । नयाँ सवारी साधन खरिदिको योग बन्नेछ । दिदीभाइबीच समय अन्तरालमा भेट होला ।
सिंह : परिश्रम अनुरुपको मुनाफा प्राप्त होला । कठोर वचनलाई संयम बनाउनु पर्नेछ । खेल क्षेत्र मध्यम रहला ।
कन्या : आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । रमाइलो यात्राको योग पनि छ ।
तुला : आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ ।
वृश्चिक : खराब कार्यबाट टाढै रहनुहोला । शारीरिक समस्या उत्पन्न होला । कृषि लगानीमा आकर्षित बनिएला ।
धनु : रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मकर : आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
कुम्भ : जलयात्रा गर्ने अवसर मिल्नेछ । गरिबिको सेवामा समय खर्चनु पर्ला । पछि हुने विषयले केही चिन्ता बढ्नेछ ।ॠ
मीन : विशिष्ठ व्यक्तिको साथ प्राप्त होला । आर्थिक व्ययभारले सताउनेछ । व्यवसाय परिवर्तनको अवस्था आउनेछ ।















यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सम्पत्ति शुद्धीकरण कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया