१५ वर्षअघिकाे युवक हत्या घटनामा अखिलकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी
मेरोन्यूज
२०८० माघ ७ गते १९:२६

काठमाडौं । १५ वर्ष अघि भएको हत्याको घटनामा नेकपा माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
१५ वर्षअघि एक युवकको हत्या अभियोगमा अध्यक्ष पञ्चा सिंहसहित ६ जनाको नाममा पक्राउ पुर्जी जारी भएको हो।
२०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या भएको थियो। सुर्खेत वीरेन्द्रनगरस्थित जनमाविमा राजबहादुरको हत्या भएको थियो।
हत्याको अभियोगमा प्रहरी कार्यालयमा ६ जनाविरूद्ध किटानी जाहेरी दर्ता भएको थियो।
सोही अनुसार टाइगर भनिने पदमबहादुर रावत, पञ्चा सिंह, गुराँस भन्ने बालकृष्ण सिंह, टंकबहादुर सिंह, सुभाष भन्ने वीरबहादुर मल्ल र अशोक भन्ने अली कार्कीविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।
सम्बन्धित
















विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
९ अंकले बढ्यो सेयर बजार, ११ अर्बको कारोबार
बैतडीमा बसको ढोकाबाट खसेर एक जनाको मृत्यु
सिरहा कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद, नाइकेसहित १३ जना नियन्त्रणमा
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
प्रतिक्रिया