सेयर बजारमा ३१ अंककाे गिरावट, ६ अर्बमाथिकाे काराेबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४९ अंकले घटेर २,०९८ को विन्दुमा कायम भएको छ ।
सोमबार ३६ कम्पनीको मुल्य बढेको छ भने २०९ कम्पनीको मुल्य घटेको छ । आज दिनभरिमा ३०७ कम्पनीको १ करोड ८० लाख ४३ हजार २४४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ६३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ङादी ग्रुप पावर कम्पनीको ३१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै अपी पावर कम्पनीको २४ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सन नेपाल लाइफ इन्स्योरेन्सको १६ करोड २१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सोमबार सबैभन्दा धेरै अपर साङ्गे हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले ९ दशलमव ४६ प्रतिशतका दरले कमाएका छन् । आशा लघुवित्तका लगानकिर्ताले ६ दशलमव ६९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै दोर्दी खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ३३ प्रतिशतका दरले गुमाएका हुन् ।
















आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया