स्वास्थ्य क्षेत्रका समस्या प्याकेजमा सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् (सिटिइभिटी)को क्षेत्राधिकार बाझिने गरेको अवस्था पनि छ । त्यसलाई हामीले स्पष्ट पार्नुपर्छ ।”
चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिट्टै चिकित्सा शिक्षा आयोगको बैठक बस्ने प्रधानमन्त्रीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले भने, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिट्टै बस्छौँ । स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका समस्या के हुन्, त्यसबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्छ । आयोगको बैठक बसेर अध्ययन समिति नै बनाएर व्यवस्थित काम गरौँ । समितिमा राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाऔँ ।”
ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । “ऐनले जति कुराको बाटो खोलिदिएको छ, त्यसको सम्बोधनका लागि हामीले नै तत्परता देखाउनुपर्छ”, प्रधानमन्त्रीले भने, “ऐनमा भएको व्यवस्था लागू गर्न हामी चुक्नु भएन । अहिले भएको साधनस्रोतका आधारमा गर्न सकिने काम कार्यतालिका बनाएर गरौँ ।”
बैठकमा प्रधानमन्त्रीसँगै उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, नर्सिङ काउन्सिलका रजिष्ट्रार शुक्ला खनाललगायत उपस्थित थिए।
















द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव
स्थानीय तह निर्वाचनमा रास्वपाकाे उम्मेदवार बन्न क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमी उत्तीर्ण हुनै पर्ने
गोकर्णेश्वर मन्दिर क्षेत्रको अतिक्रमण गरेर बनेका संरचना खाली गर्न माग
Illegal structures at Sattale, Pathibhara and Tenjing Chowk of Kapan are being razed down
अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया