सशस्त्र प्रहरी बलका देशभरका इकाईहरुमा १ हजार बढीले गरे रक्तदान

काठमाडौं । ‘२३औँ सशस्त्र प्रहरी दिवस २०८०’को पूर्वसन्ध्यामा देशभरका सशस्त्र प्रहरी बल नेपालका इकाईहरुमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल एपीएफ अस्पताल बलम्बुको आयोजनामा साेमबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय तथा बाहिनी मुख्यालयहरु र मातहत इकाईहरुमा गरी कुल एक हजार ४७ जनाले रक्तदान गरेका छन् ।
प्रधान कार्यालय अन्तर्गत १ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरुले रक्तदान गरेका छन् भने नं. १ बराह बाहिनी मुख्यालय सुनसरी तथा मातहतहरुबाट १ सय २० जना, नं. २ छिन्नामस्ता बाहिनी मुख्यालय महोत्तरी तथा मातहत इकाईहरुबाट २ सय ४५ जना, नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर तथा मातहत इकाईहरुबाट १ सय ९८ जनाले रक्तदान गरेका छन् ।
त्यस्तै नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की तथा मातहत ईकाहरुबाट ७० जना, नंं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही तथा मातहत इकाईहरुबाट १ सय ३१ जना, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत तथा मातहत इकाईहरुबाट ३१ जना, नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलाली तथा मातहत इकाईहरुबाट १ सय ११ जना र नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौं तथा मातहत इकाईहरुबाट २६ जनाले रक्तदान गरेका छन् ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
प्रतिक्रिया