बारामा ५३ तोला चाँदीसहित २ जना पक्राउ
मेरोन्यूज
२०८० माघ ९ गते १७:१९

काठमाडौं । बारा प्रहरीले ५३ तोला चाँदीसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा धरान उपमहानरपालिका–५ घर भएका ३५ वर्षीय गुजराज विक र इटहरी नगरपालिका–३ का २४ वर्षीय बद्री विक छन्।
माघ ८ गते दिउँसो ६ बजेतिर बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकमा प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२७ प १८५१ नम्बरको स्कुटरमा सवार उनीहरुबाट ५३ तोला चाँदी बरामद भएको बारा प्रहरीका प्रवक्ताले बताए।
उक्त चाँदीका लागि उनीहरुले १ लाख १३ हजार १७० रुपैयाँ बराबरीको फर्जी बिल समेत बनाएर बोकेको खुलेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया