मधेस प्रदेश : राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचन, २०८० अन्तर्गत मधेस प्रदेशमा बिहीबार हुने निर्वाचनको तयारी पूरा भएको छ ।
मधेस प्रदेशबाट प्रतिनिधित्व गर्ने महिला र अन्य समूह (खुला) गरी दुई पदका लागि निर्वाचन हुने प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका निमित्त प्रमुख नवीन चौधरीले जानकारी दिए ।
महेन्द्र नारायण निधि संस्कृति केन्द्र जनकपुरधाममा हुने निर्वाचनमा प्रदेशसभा सदस्य र पालिका प्रमुख/उपप्रमुख तथा अध्यक्ष/उपाध्यक्षका लागि छुट्टाछुट्टै दुई मतदान केन्द्र कायम गरिएका छन् । प्रदेशसभा सदस्यका लागि हरियो र पालिका प्रमुख तथा उपप्रमुखका लागि रातो रङको मतपत्रको व्यवस्था गरिएको छ । मतदान बिहान ७ देखि अपराह्न ३ बजेसम्म हुनेछ ।
मतगणना महेन्द्र नारायण निधि संस्कृति केन्द्रमै गरिने प्रमुख चौधरीले बताए । मधेसमा दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् ।
अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना (धनुषा), नेकपा (एमाले) का कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीका रामशङ्कर महासेठ (धनुषा)ले उम्मेदारी दिएका छन् । महिलातर्फ एमालेबाट उषादेवी थरुनी (पर्सा) र जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) को उम्मेदवारी परेको छ ।
मधेस प्रदेशसभा सदस्य एक सय सात र स्थानीय तहका प्रमुख/उपप्रमुख दुई सय ६७ गरी तीन सय ७४ मतदाता रहेका छन् । प्रदेशमा एक सय ३६ स्थानीय तह छन् । स्थानीय तहका पाँच पदाधिकारी भने निलम्वनमा परेका छन् ।
प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा यहाँ पाँच हजार छ सय ७१ र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षको मतभार १९ का आधारमा पाँच हजार ७३ गरी कूल मतभार १० हजार सात सय ४४ रहेको छ ।
















लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया