गण्डकीलाई मधेसले दियो ३२६ रनको विशाल लक्ष्य
मेरोन्यूज
२०८० माघ ११ गते १३:३९

काठमाडौं । विकेटकिपर अनिल कुमार शाहको शतकको सहयोगमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ३ सय ३६ रनको विशाल लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदान मैदानमा टस जितेर पहिला ब्याटिङ रोेजेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३५ रन बनाएको हो ।
प्रधानमन्त्री कप क्रिकेट हालसम्मकै दोस्रो ठूलो योगफल हो । यसअघि २०१८ मा एपीएफले मधेशलाई ३३९ रन हानेको थियो ।
मधेशका लागि अनिल साहले १२५ बलमा ११ चौका र ६ छक्कासहित १२७ रनको शानदार शतकीय इनिङ खेले ।
अरनिको यादव ६३ र अविशेक तिवारी २७ रनमा नटआउट रहे। पवन सर्राफले ४० र रुपेश सिंहले ३२ रन थपे। मयन यादव २७ रनमा आउट भए।
गण्डकीका सन्दीप पराजुलीले १० ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । कृष्ण पौडेल र कमल परियारले १/१ विकेट लिए ।
सम्बन्धित
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया