मधेश प्रदेश : राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न

जनकपुरधाम । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेश प्रदेशमा दुई पदका लागि मतदान सम्पन्न भएको छ । आज बिहान ९ बजेदेखि तीन बजेसम्म भएको निर्वाचनमा तीन सय ७४ मतदातामध्ये तीन सय ७३ जनाले मतदान गरेको प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख नवीन चौधरीले जानकारी दिए ।
मधेश प्रदेशसभाका एक सय सात सदस्यमध्ये एक सय छ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख र अध्यक्ष/उपाध्यक्षतर्फ दुई सय ६७ जनाले नै मतदान गरेको चौधरीले बताउनुभयो । मतदान सम्पन्न भएकाले आजै केहीबेरमा मतगणना गर्ने गरी सर्वदलीय बैठकको तयारी भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं ४ स्थित महेन्द्र नारायण निधि संस्कृति केन्द्रमा मतदान केन्द्र र मतगणनाको व्यवस्था गरिएको छ ।
अन्य (खुला) र महिलातर्फका दुई सदस्यका लागि पाँच जना प्रतिस्पर्धामा छन्। दुई सदस्यमध्ये अन्य समूहमा नेपाली कांग्रेसबाट आनन्दप्रसाद ढुंगाना (धनुषा), नेकपा (एमाले) बाट कुमारी विजेता झा (धनुषा) र जनमत पार्टीबाट रामशङ्कर महासेठ (धनुषा) को उम्मेदारी छ भने महिला समूहमा एमालेबाट उषादेवी थरुनी (पर्सा), जनता समाजवादी पार्टी (जसपा) बाट पूजा चौधरी (रौतहट) उम्मेदवार छन् ।
















जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
सिटिजन्स बैंक खुला टेनिस : प्रणव र दर्शिल क्वाटरफाइनलमा
प्रतिक्रिया