कर्णालीमा सत्ता गठबन्धनका तीनैजना उम्मेदवार विजयी

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट सत्ता गठबन्धनतर्फका तीनै जना उम्मेदवार विजयी भएका छन्।
बिहीबार सम्पन्न निर्वाचनमा गठबन्धनबाट अन्यतर्फबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विक विजयी भएका हुन्।
जसमा महिलातर्फ गठबन्धनबाट सावित्री मल्लले प्रदेशतर्फ २९ र स्थानीयतपर्फ १ सय १५ मत प्राप्त गरी विजयी हुँदा एमालेकी विमलाकुमारी शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन्।
यस्तै, दलिततर्फ गठबन्धनका विष्णु विकले प्रदेशसभामा २९ मत र स्थानीयतर्फ १ सय २० मत प्राप्त गरी विजयी भए । एमालेका हिक्मत विकले प्रदेशसभातर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरेका छन्।
अन्यमा गठबन्धनका कृष्णबहादुर रोकायाले प्रदेशतर्फ ३० र स्थानीयतर्फ १२० मत पाएका छन् । एमालेका डिल्लीप्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत प्राप्त गरे।
















काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
विश्वकप लिग-२ : आज नेपाल र यूएई भिड्दै
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया