वीरगञ्जमा सडक अतिक्रमण गरी बनाइएको संरचना भत्काइयो

वीरगञ्ज । हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित प्रतिमा चौकमा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाइएका छन् ।
केही स्थानीयले सडक अतिक्रमण गरेर संरचना बनाएपछि सडक निर्माण अवरुद्ध भएको थियो । अतिक्रमण गरी बनाइएका संरचना डोजर लगाएर संरचना भत्काएपछि सडक निर्माणको बाटो खुलेको छ ।
महानगर प्रमुख राजेशमान सिंहको पहलमा सडक निर्माणको ठेक्का लागेसँगै अतिक्रमण गरेर बनाइएका संरचना हटाइएको सडक डिभिजन कार्यालय हेटौँडाका डिभिजन प्रमुख इन्जिनियर राजेशकुमार यादवले बताए । उनका अनुसार रू ६९ लाख १५ हजारमा हुलाकी सडकको मापदण्डअनुसार आगामी जेठ ३० गतेभित्र सडक तथा नाला निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको छ ।
ठेकेदार कम्पनीका सञ्चालक दीपु साहले अबको एक महिनाभित्रमा निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम थालिएको बताए । सडक निर्माणका लागि अवरोधका रुपमा रहेका संरचना हटेसँगै (साइट क्लियर भएसँगै) काम सुरु गरिएको उनको भनाइ थियो । “एक महिनाभित्रै सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेगरी काम काम अघि बढाएका छौँ”, उनले भने ।















मनकामना दर्शन गरेर फर्किंदै गरेको माइक्रोबस दुर्घटना : छ भारतीयको मृत्यु
अष्ट्रेलियामा शरण मागेका इरानी महिला फुटबल टोलीका ७ मध्ये ४ खेलाडी इरान फर्किँदै
‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया