वृश्चिकका रोकिएका अधुरा कामहरू पुरा हुने, अन्य राशिकाे कस्ताेछ दिन ?

आज २०८० साल माघ १२ गते शुक्रवार । माघ कृष्ण प्रतिपदा ।पञ्चाङ्ग: प्रीति बालव पुष्य । जनवरी २६ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । खानपिनमा सचेत रहनुहोला ।
वृष : आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । कार्यमा सफलता पनि पाइनेछ ।
मिथुन : आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ ।
कर्कट : समाजमा फरक प्रकृतिको जिम्मेवारी बोक्नुपर्ने छ । माता–पिताको साथ प्राप्त होला । वैदेशिक यात्राको योग बन्ने छ ।
सिंह : सानातिना समस्यामा अल्झनुपर्नेछ । पाचनप्रणालीमा समस्या देखिनसक्छ । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती कार्य गर्न पुगिएला सचेत रहनुहोला ।
कन्या : शत्रुपक्ष परास्त हुने छन् । प्रतिस्पर्धात्मक काम सफल हुने छ । अरुको प्रिय बनिने छ ।
तुला : सामान्य कामको लागि धेरै समय बित्ने छ । आम्दानीका नयाँ स्रोत खुल्ने छन् । घरायसी किचलो बढ्ने छ ।
वृश्चिक :रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बोलीको प्रभाव बढ्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । घरमा पाहुनाको आगमन हुने पनि छ ।
धनु : बोली मधुर हुने छ । साथीभाइको पूर्ण साथ प्राप्त होला । छोटो दुरीको रोमाञ्चक यात्रा बन्ने छ ।
मकर : आज राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन पाइने हुनाले सार्वजनिक पद पाउने योग रहेको छ । भौतिक सुख पनि मिल्नेछ ।
कुम्भ : रोजगारीको लागि धेरै दौडधुप गर्नुपर्ने छ । साझेदारीयुक्त काम शुभ रहला । कृषि कार्यमा आकर्षित बनिने छ ।
मीन :आज गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । रमाइलो यात्राको योग रहेको छ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ ।















‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
यामाहा नेपालद्वारा काठमाडौंको बुढानीलकण्ठमा नयाँ ३एस शोरूम उद्घाटन
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया