जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ
मेरोन्यूज
२०८० माघ १४ गते १७:१०

काठमाडौं। काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने ३९ वर्षीय चतुरमान तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङ समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार ६ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया