नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा पौडेल निर्वाचित

जापान । नेपाली जनप्रगतिशील मञ्च जापानको अध्यक्षमा मोहन पौडेल निर्वाचित भएका छन्।
मञ्चले टोकियोमा सम्पन्न अधिवेशनमार्फत लेखा अनुशासन आयोग सहितको ४३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
जसअनुसार मञ्चको वरिष्ठ उपाध्यक्षमा श्यामहरी पाण्डे, उपाध्यक्षहरूमा बाबुराम पौडेल, जनक सुबेदी, शिवु थापा, आर एच गौतम श्रवण सत्याल, भुवन हुमागाईँ र रामकृष्ण भण्डारी रामप्रसाद गैरे रहेका छन् ।
यसै गरी महासचिवमा दावा लामा, उपमहासचिवमा अर्जुन अम्गाइँ , डिलाराम न्युरे, प्रमीला राई र सचिवहरूमा गोपाल लामिछाने (जिपी), जीवन पोखरेल , राज पुरी, राकेश बिमली, बालबिक्रम तिगेला, गोविन्द प्रसाद पौडेल रहेका छन् । त्यस्तै कोषाध्यक्षमा गौरी सापकोटा, सहकोषाध्यहरुमा सालिकराम मरहट्ठा ,भरत अर्याल, हरिबाबु तामाङ र पवन अधिकारी रहेका छन् भने बाँकी १८ जनालाई केन्द्रीय कार्यसमितिमा चयन गरिएको निर्वाचन कमिटीका संयोजक डा। भुपालमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार लेखा आयोगको अध्यक्षमा अर्जुन ढकाल चयन भएका छन् ।
















सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै कामपा
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया