बुधबार, वैशाख ३१, २०८२

गण्डकीले पुलिसलाई दियो १७१ रनको लक्ष्य

मेरोन्यूज २०८० माघ १५ गते १४:३२

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई १७१ रनको लक्ष्य दिएको छ ।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८।३ ओभरमा १७० रनमा अल आउट भयो ।

गण्डकीका लागि अमृत गुरुङले ३९ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ५० रन बनाए ।

कमल परियारले २६ बलमा ३ चौका र २ छक्कासहित ३०, समिर कँडेल २९ र करन पँगेनीले ३० रन बनाए । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

प्रतिक्रिया