गण्डकीलाई ६ विकेटले हराउँदै पुलिस प्रधानमन्त्री कपकाे फाइनलमा

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ ।
स्थान बनाएको छ । लगातार सातौं जितका साथ पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
गण्डकीबाट १७१ रनको मध्यम लक्ष्य पछ्याएको पुलिसले २४।२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो। लगातार सातौं जितसँगै पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।
पुलिसका लागि दीलिप नाथले ३९ बलमा ६ चौका र ४ छक्कासहित सर्वाधिक ५७ रन बनाए । कुशल भुर्तेल ६ बलमा ४ चौका र १ छक्कासहित २२ रनमा आउट भए ।
यस्तै अर्जुन साउद ४९ बलमा ५ चौका र १ छक्कासहित ४४ रनमा नट आउट रहे । आरिफ शेख २२ बलमा ५ चौकासहित २७ रनमा नट आउट रहे ।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेश ३८।३ ओभरमा १७० रनमा अल आउट भएको थियो ।















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया