शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो रजिष्ट्रारदेखि पाँचौं तहसम्मका कर्मचारी
मेरोन्यूज
२०८० माघ १६ गते ७:५७

काठमाडौं । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले रिक्त पदपूर्तका लागि आवेदन माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले करार सेवाका लागि दरखास्त मागेको हो ।
रजिष्ट्रारदेखि पाँचौं तहसम्मका कर्मचारी माग गरिएको केन्द्रले जनाएको छ । इच्छुक योग्य उमेदवारले २१ दिनभित्र दरखास्त दिन सक्नेछन् ।
केन्द्रले क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी १ जना, मेडिकल अधिकृत (आठौं) २ जना, स्टाफ नर्स (पाँचौं) १७ जना, असिस्टेन्ट फर्मासिस्ट (पाँचौं) २ जना र आईटी प्राविधिक (पाँचौं) १ जना माग गरेको छ।

सम्बन्धित
प्रतिक्रिया