आइतबार, फागुन ३, २०८२

रुसी फिगर स्केटर क्यमिला भलिभामाथी प्रतिबन्ध

मेरोन्यूज २०८० माघ १६ गते १०:२४

जेनेभा ।  रुसी फिगर स्केटर क्यमिला भलिभामाथी प्रतिबन्ध लगाइएको छ । 

Advertisement
nepal life insurencenepal life insurence

लामो समयदेखि चलिरहेको डोपिङ सागा मुद्धामा उनलाई सोमबार दोषी पाइएको हो । जसअनुसार  १७ वर्षीया किशोरी क्यामिला माथी चार वर्षको प्रतिबन्ध लगाइएको थियो।

स्विट्जरल्याण्डको खेलकुदको आर्बिट्रेसन कोर्टले बेइजिङमा २०२२ को शीतकालीन ओलम्पिक अघि भएको परीक्षणबाट भलिभालाई डोपिङ विरोधी नियम उल्लङ्घनमा दोषी पाइएको थियो। जस अनुसार रुसले आफना १५ बर्षिया खेलाडीलाई डोपिङ दिएर ओलम्पिकमा उतारेको पुष्टी भएको छ ।

साे प्रतिबन्ध डिसेम्बर २५ डिसेम्बर २०२१ देखी गणना सुरु हुनेछ, जुन दिन डोपिङको आशंकामा नमूना सङ्कलन गरिएको थियो ।  उनी माथी सो प्रतिबन्ध लागे पछि विश्वभरका एन्टी-डोपिङ निकायहरूले स्वागत गरेका छन ।

‘बालबालिका माथीको डोपिङ अक्षम्य छ,’ विश्व एन्टी डोपिङ एजेन्सी ‍(वाडा) ले एक विज्ञप्तिमा भन्यो, ‘डाक्टर, प्रशिक्षक वा अन्य सहयोगी कर्मचारीहरू जसले नाबालिगहरूलाई प्रदर्शनका लागि थप तागतदार पदार्थहरू उपलब्ध गराएको पाइन्छ उनीहरूले विश्व एन्टी डोपिङको मुद्धा सामना गर्नुपर्छ ।’

क्यामेला डोपिङको आशंकामाा नमुना संकलन गर्दा केवल १५ वर्षकी थिइन्, जब उनले ट्राइमेटाजिडिनको लागि परीक्षण गरे तब उनी माथी डोपिङ प्रयोग गरिएको प्रारम्भिक रिर्पोट देखिएको थियो । जसलाई  अहिले अदालतले दोषी ठहर गरेको हो । 
 

प्रतिक्रिया