महिलाको चरित्र हत्या गर्ने युट्युबर मनोज मानव पक्राउ
मेरोन्यूज
२०८० माघ १६ गते १८:५५

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबर मनोज मानव भन्ने मनोज कुमार महतोलाई पक्राउ गरेको छ ।
व्यक्तिगत जीवनमा असर पार्ने झुटो विवरण राखेर युट्युब भिडियो बनाएर आफ्नो चरित्र हत्या गरेको भनेर पीडित महिलाले दिएको उजुरीका आधारमा प्रहरीले मानव भन्ने मनोजकुमार महतोलाई पक्राउ गरेको हो ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रानाका अनुसार मनोज मानवलाई सोमबार पक्राउ गरिएको हो । उनलाई कीर्तिपुरबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट ५ दिन थुनामा राख्न अनमुति लिएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित
















ट्रेड युनियनका कार्यालय बन्द गर्न परिपत्र, कर्मचारी नेतालाई काम खटाउन निर्देशन
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति १० विद्यार्थी सङ्गठनको आपत्ति
बागमतीका ६ मन्त्रालय कटौती, अब ८ मात्रै रहने
सञ्चार मन्त्रालय मातहतका ३६ जना पदाधिकारी पदमुक्त (सूचीसहित)
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अध्यादेश आएसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइदै: को को परे ?
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया