बुधबार, वैशाख ३१, २०८२

बंगलादेशविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

मेरोन्यूज २०८० माघ १७ गते १४:५३

काठमाडौं । आईसीसी यू–१९ विश्वकप सुपर सिक्स अन्तर्गत बंगलादेशविरुद्ध नेपालले पावर प्ले मा नै ३ विकेट गुमाएको छ।

नेपालले पावर प्लेमा गुमाएका तिनै ब्याटर क्याच आउट भएका हुन् । ओपनर अर्जुन कुमाल १४ रन बनाउँदा क्याच आउट भए।

त्यसअघि नेपालले दोस्रो विकेटका रुपमा आकाश त्रिपाठीलाई गुमाएको थियो।

त्यसअघि १२ बलमा २ रन बनाएका ओपनर विपिन रावल चौथो ओभरको पाचौँ बलमा मारुफ मृदाको बलमा मोहम्मद रिजवान चौधरीको हातबाट क्याच आउट भए।

ब्लुमफोनटिनस्थित मनगाउङग ओभलमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले १० ओभरको समाप्तीमा ३ विकेट गुमाएर ३५ रन बनाएर खेलिरहेको छ।

प्रतिक्रिया