यू-१९ विश्वकप : बंगलादेशलाई नेपालले दियो १७० रनको लक्ष्य
मेरोन्यूज
२०८० माघ १७ गते १७:२६

काठमाडौं । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालले बंगलादेशलाई १ सय ७० रनको लक्ष्य दिएको छ ।
दक्षिण अफ्रिकाको ब्लुमफोन्टिनस्थित मनगाउङग ओभलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल १ बल अगावै १ सय ६९ रन बनाउँदा अलआउट भयो।
नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाए । उनी अद्र्धशतक बनाउनबाट मात्र दुई रनले चुके । केसीले एक सय बल खेल्दै ६ चौका प्रहार गरे । यस्तै कप्तान देव खनालले ३५, सुवाश भण्डारीले अविजित १८ तथा अर्जुन कुमालले १४ रन बनाए ।
बलिङतर्फ बङ्गलादेशका लागि रोहानत दोउल्लाह बोर्सनले चार, शेख प्रवेज जिवनले तीन तथा इकबाल हुसेन इमोन, मरुफ मृधा र जिशान आलमले एक एक विकेट लिए ।
सम्बन्धित
प्रतिक्रिया