प्रधानमन्त्री कपमा पुलिस क्लबको लगातार आठौं जित
मेरोन्यूज
२०८० माघ १७ गते १८:१९

काठमाडौँ । नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री कपमा अपराजित रहेको छ ।
बुधबार सम्पन्न खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशलाई १०३ रनले पराजित गर्दै लगातार आठौँ जित हासिल गरेको हो ।
पुलिस क्लबले दिएको २४६ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ३६।३ ओभरमा १४२ रन बनाएर अल आउट भएपछि खेल १०३ रनले हारेको थियो । यस अघि पहिला ब्याटिंग गर्दै पुलिस क्लबले ३७।३ ओभरमा अलआउट हुदै २४५ रन बनाएको थियो ।
यो जितपछि नेपाल पुलिस क्लबले ८ खेलमा १६ अंकसहित शिर्ष स्थानमा रहेको छ र फाइनलमा पुगिसकेको छ ।
त्यस्तै लुम्बिनी प्रदेशले ९ खेलमा केवल एक खेल जितेको र ८ खेलमा हार बेहोरेर प्रतियोगिता सकाएको छ ।
सम्बन्धित















तेह्रथुममा नौ दिनदेखि हराइरहेकी महिला मृत फेला
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश, हर्कले गरे स्वागत
क्रुज जहाजमा हान्ताभाइरस सङ्क्रमण, डब्लुएचओले भन्यो– सर्वसाधारणलाई जोखिम न्यून
यसवर्ष मनसुनमा सरदरभन्दा कम वर्षा, तापक्रम बढ्ने प्रक्षेपण
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया