सौराहामा फिल्म फेस्टिबल आजदेखि
मेरोन्यूज
२०८० माघ १८ गते १५:२२

चितवन । सौराहामा आजदेखि ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’ सुरु भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका वडा नं ७ स्थित चित्रसारी खेलमैदानमा महोत्सव सुरु भएको हो ।
पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्याउन महोत्सव आयोजना गरिएको बताए ।
महोत्सवमा चलचित्र विकास बोर्डसहित विभिन्न खाना, कपडालगायतका ६० वटा कक्ष छन् । दैनिक पाँच हजार दर्शकले महोत्सव अवलोकन गर्ने अपेक्षा आयोजकको छ । दैनिक सांस्कृतिक कार्यक्रम हुनेछन् ।
महोत्सवमा सिनेमा, बृत्तचित्र र छोटा चलचित्र विधामा अवार्ड प्रदान गरिने छ ।
सम्बन्धित









राजधानीमा एमालेको प्रदर्शन
वाटको विस्फोटक ब्याटिङमा लुम्बिनीविरुद्ध कर्णाली याक्सको शानदार जीत
लुम्बिनीविरुद्ध कर्णालीका मार्क वाटको विस्फोटक शतक
भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो
एनपिएलः कर्णालीले पायो १५७ रनको लक्ष्य
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
प्रतिक्रिया