प्रहरीमाथि कार्यालयमै छुरा प्रहार

सर्लाही। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर, सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवानमाथि छुरा प्रहार भएको छ ।
महोत्तरीको गौशाला नगरपालिका–३ घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक प्रहरी जवान प्रमोद महतोमाथि आज कार्यालयमा नै छुरा प्रहार भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक मदन थापाले जानकारी दिए । उनका अनुसार कार्यालय बाहिर पुर्वपश्चिम लोकमार्गमा चेकजाँच गरी जरिवाना रसिद काटेर भुक्तानी गर्न जानु भनी कार्यालय छिरेका महतोमाथि छुरा प्रहार भएको हो ।
ट्राफिक कार्यालय अगाडि पुर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना १९ प २५५५ नम्बरको मोटरसाईकलमा आएका रौतहट राजपुर–१ घर भएका यमामुद्दिन देमानले प्रहरी जवान महतोलाई छुरा प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ओम प्रकाश यादवले जानकारी दिए । उनका अनुसार महतोलाई छुरा प्रहार गरी भाग्न खोज्दा निजलाई तत्काल पक्राउ गरी लालबन्दीको हिरासतमा राखिएको छ ।
छुरा प्रहारबाट प्रहरी जवान महतोको निधार, घाँटी, हात र पेटमा चोट लागेको प्रहरीले जनाएको छ । घाईते महतोको स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रनि थापाले जानकारी दिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















बङ्गलादेशको निर्वाचनमा सुरक्षा खतरा छैन : निर्वाचन आयोग
दार्चुलामा प्रहरी हवल्दार मृत फेला, दुई जना पक्राउ
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
Bangladesh EC secretary rules out security concerns, assures smooth polling on Feb 12
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रतिक्रिया