३ महिनाको अनुसन्धानपछि अरुण चौधरीलाई पक्राउ गरिएकाे हाे : सीआईबी

काठमाडौं । व्यवसायी अरुण चौधरीको पक्राउलाई लिएर व्यवसायीहरुले आपत्ति जनाइरहेका बेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तीन महिनाको अनुसन्धानपछि उनलाई पक्राउ गरेको बताएको छ ।
बिहीबार बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन बाँसबारी छालाजुत्ता कारखानाका कार्यकारी निर्देशक अजित नारायण थापालाई पक्राउ गरेपछि व्यवासायीहरुले आपत्ति जनाएका थिए । उनीहरुलाई विनाअनुसन्धान पक्राउ गरेको भन्दै व्यवसायीले आपत्ति जनाएका थिए ।
तर, शुक्रबार पत्रकार सम्मेलन गरेर सीआईबीले तीन महिनाको अनुसन्धानपछि चौधरी, थापासहितलाई पक्राउ गरेको जनाएको हो ।
पत्रकार सम्मेलनमा सीआईबीका एसएसपी दिनेश आचार्यले तीन महिनाको अनुसन्धानपछि बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा उनीहरुलाई पक्राउ गरेको जानकारी दिएका हुन् ।
च्याम्पियन फुटवेयरमा बाँसबारी छाला उद्योगको २५ प्रतिशत सेयर अरुण चौधरी समूहले खरिद गरेको पाइएको सीआईबीले जनाएको छ । सीआईबीका अनुसार २०५२ सालमा च्याम्पियन फुटवेयरको २५ प्रतिशत सेयर अरुण समूहले किनेपछि २०५४ पुस ४ गते प्राइभेट कम्पनीमा लगिएको थियो ।















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया